20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठनेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको तेस्रो अधिवेशन सम्पन्न, नवराज पन्थी अध्यक्ष।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको तेस्रो अधिवेशन सम्पन्न, नवराज पन्थी अध्यक्ष।

राम्रो दृष्टि/ मार्च २६, कुवेत। नवराज पन्थिलाइ अध्यक्ष चुन्दै नेपाल पत्रकार महासंघ कुवेतको तेस्रो अधिवेशन हिजो सम्पन्न भएको छ। कोरोनाको महामारीलाई मध्यनजर गर्दै जुम मार्फत अनलाइनबाट सो अधिवेशन सम्पन्न भएको हो। अधिवेशन नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापति, नेपाल पत्रकार महासंघ केन्द्रका केन्द्रिय सचिव प्रकाश थापको प्रमुख आतिथ्यता एवं नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी, एन आर एन ए कुवेतका अध्यक्ष सुजन केसि लगाएयत विश्वभरिका विभिन्न देशहरुका महासंघ शाखाहरुको अध्यक्षहरुको बिशेश आतिथ्यतामा सम्पन्न भएको हो।

अधिवेशन कार्यक्रमलाई पत्रकार महासंघ कुवेतका सचिव आनन्द आचार्यले सहजीकरण गरेका थिए।

सम्पन्न सो कार्यक्रममा, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम मिया, जापानका अध्यक्ष मोहन घले, युकेका अध्यक्ष नरेश खपाङ्गि, पोर्चुगलका अध्यक्ष योगेन्द्र मिलन छन्त्याल, भारतका महासचिव अर्जुन खनाल, श्रम तथा रोजगार पात्रकार सुनिल न्यौपाने, एन आर एन ए कुवेतका अध्यक्ष सुजन केसि, नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी, युरोपका अध्यक्ष केजिन राइ, नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष भुपराज बस्याल लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

कुवेतमा पछिल्लो समय बढेको कोरोनाको तिब्र संक्रमणलाइ ध्यानमा राख्दै केन्द्रको अनुमतिमा जुम मार्फत अनलाइन अधिवेशन सम्पन्न गराएका हुन। अधिवेशनमा कुवेतमा लामो समयदेखी पत्रकारिता गरिरहेका पत्रकार जय आलेको संयोजकत्वमा झापाली समाज कुवेतका अध्यक्ष र NRNA कुवेतका महासचिव दिलकुमार पाख्रीन गरि तीन सदस्यीय निर्वाचन समितीद्वारा निर्वाचित उम्मेदवारीहरुको नामवली घोषणा गरेका थिए। राष्ट्रगानबाट सुरु गरिएको कार्यक्रममा नवराज पन्थिले उपस्थित सम्पुर्ण अतिथिहरुलाइ स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए।

- Advertisement -

आज शनिबारका दिन पुराना कार्यसमितिका अध्यक्ष हरिकृष्ण न्यौपाने सचिव आनन्द आचार्य लगाएतले नया कार्यसमितिलाइ सपथ ग्रहण गराउँदै पुराना कार्यसमितिमा कागजात तथा हिसाब किताब हस्तान्तरण गरेका छन।

नयाँ कार्य समिती निम्नप्रकार रहेका छन।

अध्यक्ष: नवराज पन्थी
उपाध्यक्ष : एकराज मल्ल
सचिव: चन्द्र बिश्वकर्मा
सहसचिव: हरि बानियाँ
कोषाध्यक्ष: मनोज थापा

सदस्यहरु:
१) सुरेश कुमार गुरुङ
२) विजय राज धामी
३) प्रेम जिमि
४) विजय लामा
५) आकाश शेर्पा

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments