
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको छ ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरुले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय भरतपुर, चितवनमा आवेदन पेश गर्न सक्नेछन् ।




