19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको संकेत

नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डको संकेत


चितवन : नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने बताएका छन्।आइतबार चितवनमा भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने बताएका हुन्। उनले अहिलेको नयाँ अनुभवका आधारमा आफूले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको जनाए।

प्रचण्डले सरकारतर्फ माओवादीको ध्यान नरहेपनि अहिलेको सरकार धेरै अगाडी जान सहज छैन भन्ने परिस्थितिले देखिएको जिकिर गरे। उनले चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ बर्षले केहि न केही निकास लिएर आउने उल्लेख गरे।

त्यस्तै प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए। उनले राम्रा काम गर्न, राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments