20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishधुवाँरहित भान्सा बनाउन नगरपालिकाले दियो विद्युतीय चुलो

धुवाँरहित भान्सा बनाउन नगरपालिकाले दियो विद्युतीय चुलो

सुर्खेतको गुर्भाकोट नगरपालिकाले छ सय घर–परिवारलाई विद्युतीय चुलो वितरण गरेको छ । नगरपालिकाले प्रदूषणरहित भान्सा र धुवाँरहित घरको विकास गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण गरिएको जनाएको छ । नगर प्रमुख हस्त पुनले दाउरा र ग्यासको खपत कम गर्न विद्युतीय चुलो वितरण गरिएको बताए ।

‘दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै वातावरण संरक्षण गर्ने उद्देश्यले एसएनभी र इन्डेभको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको हो,’ उनले भने, ‘यसले विद्युतको खपत बढाउनुका साथै वन जङ्गलको संरक्षणमा टेवा पुग्ने विश्वास हामीले लिएका छौँ ।’

उनले पालिकाका १४ वटा वडाबाट सात सय चुलो माग भएपनि छ सय वटा मात्रै वितरण गरिएको बताए । बाँकी एक सय चुलो चाँडै वितरण गरिने उनले बताए । एउटा विद्युतीय चुलोको पाँच हजार तीन सय रुपैयाँ पर्ने भएपनि उपभोक्तालाई दुई हजार एक सय ५० रुपैयाँमा वितरण गरिएको मेयर पुनले जानकारी दिए । ‘नगरपालिकाले एक हजार र एसएनभी तथा इन्डेभको दुई हजार १५० सहयोग रहेको छ,’ उनले भने ।

प्रकाशित: २० फाल्गुन २०८१ १५:१२ मंगलबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments