मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले असामाजिक र अराजक तत्वहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरिरहेको भन्दै त्यसका विरुद्ध सबै एकढिक्का भएर उभिन जरुरी रहेको बताएका छन्।
इस्लाम धर्मावलम्बीहरूले मनाउने रमजान पर्वको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन्। उनले नेपालमा बसिरहेका सबै जातजाति साझा फूलबारी भएको उल्लेख गर्दै कसैले दुष्प्रयास गर्दैमा मिलेर बसेको समुदाय नखल्बलिने समेत बताए।
अन्सारीले नेपालमा रहेका सम्पूर्ण धर्मावलम्बीहरू र जातजातिहरूले मिलेर बसेको सन्देश विश्व समुदायलाई दिन जरुरी रहेको बताए।
इस्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्न समेत उनले मुस्लिम समुदायलाई आग्रह गरे।

प्रकाशित: २४ फाल्गुन २०८१ ११:३४ शनिबार




