20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeस्वास्थ्यदुवै मृगौला पिडित लेटाङका जयराम शाहिलाइ मोरङ सुनसरी सेवा समाज कुवेतको ५३...

दुवै मृगौला पिडित लेटाङका जयराम शाहिलाइ मोरङ सुनसरी सेवा समाज कुवेतको ५३ हजार सहयोग

राम्रो दृष्टि/ १६ अगस्ट, कुवेत। विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गरेपछी मोरङ मोरङ सुनसरी सेवा समाज कुवेतले उपेन क्षेत्रीको संयोजकत्वमा कुवेतबाट आर्थिक सहयोग संकलन अभियान सन्चालन गरेको थियो।

अभियानमा संकलन भएको १३८ कुवेती दिनार आज मोसु केन्द्रका पदाधिकारीहरुले पिडित निवासमा पुगेर हस्तान्तरण गरेका छन। सो सहयोग रकम हस्तान्तरण गर्नका लागि मोसु केन्द्रबाट उपाध्यक्ष बिबेक भट्टराई, महासचिव ललित बहादुर निरौला, कार्य समिति सदस्य योगनारयण सिक्दार र निबर्तमान अध्यक्ष रामनाथ भन्डारि पिडित शाही निवास पुगेका थिए।

रकम हस्तान्तरणको क्रममा आफ्नो क्षमताले भ्याए सम्म खर्च गरिसकेको र ऋणपानको लागि पनि अब कतै ठाउँ नरहेपछि मिडीयाको साहारामा आएको जयरामकी श्रीमती गंगा ठकुरीले बताईन् । थप्दै उनले भनिन “मेरो दिन श्रीमानको स्याहार सुसारमै बित्छ, छोराछोरी पनि सानै उमेरका छन्,।” उनले घरको मुली नै बिरामी भएर लडेपछि घर व्यबाहार धान्न निक्कै गाह्रो भएको बताइन।

पिडित शाही हरेक हप्ता डाइलसिसका लागि बिराटनगरस्थित नोवेल हस्पिटलमा जाने गरेका छन।

- Advertisement -

देश विदेशको जुनसुकै कुनाबाट पनि पिडित जयराम शाहिलाइ सहयोग गर्न चहानुहुन्छ भने कृपया उनकी श्रीमति गंगालाई मोवाइल नम्बर 9864255451 मा सम्पर्क गर्न सक्नुहुएनेछ। वा सिधै कृषि विकास बैंकको खाता नम्बर ०६०२२०१८६००६२०१८ सहयोग रकम जम्मा गराएर पनि सहयोग गर्न सक्नुहुनेछ। सहयोगिहरुको नामवली निम्नप्रकार छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments