25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishदाङमा यात्रुवाहक बस दुर्घटना | Nagarik News

दाङमा यात्रुवाहक बस दुर्घटना | Nagarik News

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ६ जना घाइते भएका छन्।

सुर्खेतबाट काठमाडौं जाँदै गरेको रात्रिबस बबई गाउँपालिका–२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो।

मंगलबार राति साढे ९ बजेतिर दुर्घटना हुँदा बसमा सवार कम्तीमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायाले नागरिक न्युजलाई जानकारी दिए।

दुर्घटनापछि घटनास्थलमा पुगेर प्रहरीले यात्रुहरूको उद्दार थालेको छ। बसमा करिब ४० देखि ४५ यात्रु सवार भएको हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपि यकिन संख्या पुष्टि भइसकेको छैन।

- Advertisement -

गाडी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ।

घटनाबारे थप विवरण आउँन बाँकी !

प्रकाशित: ६ फाल्गुन २०८१ २३:०८ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments