26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishत्रिशूलीमा अल्ट्रा रेस हुने | Nagarik News

त्रिशूलीमा अल्ट्रा रेस हुने | Nagarik News

नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा त्रिशूलीमा अल्ट्रा रेस आयोजना हुने भएको छ । महासंघले आगामी चैत २३ गते नुवाकोटको बेलकोटगढीबाट सुरु हुने अल्ट्रा रेसको आयोजना गर्ने घोषणा गरेको छ । 

प्रदेश खेलकुद विकास परिषद् बागमतीको मुख्य सहयोगमा नुवाकोट र रसुवा दुई जिल्लाको सेरोफेरो रहने गरी अल्ट्रा म्याराथन हुन लागेको हो । आइतबार नुवाकोटको विदुर नगरपालिकामा महासंघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको थियो । महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवरले प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय गरी तीन सय खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिए ।

महासंघका अध्यक्ष कुँवरले यो आयोजनालाई निरन्तरता दिँदै अर्को वर्ष लाङटाङमा पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने योजना रहेको बताए । महिला/पुरुष दुई विधामा चुनौती प्रस्तुत हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौंदेखि दशौंसम्म हुनेले जनही तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

नुवकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिर परिसरबाट सुरु हुने दौड पुरानो सिढीबाटो, मालकोट, शेरा, मुरलीटार, नुवाकोट दरबार, दारीगौडा, फलाटे, डाँडागाउँ, गेर्खु शान्ति कल्याण स्कुल, चापटार, केराघारी, बेत्रावती, सोलेपुल, तुप्चे, त्रिशूली अस्पताल, पञ्चकन्या मन्दिर सिढी, चारघरे, रनभुवेश्वरी स्कुल, देवीघाट पुल हुँदै पवित्र तीर्थस्थल, देवीघाट बजारमा पुगेर समाप्त हुने बताइएको छ ।

- Advertisement -

इच्छुक खेलाडीले नेपाल एडभेन्चर रनिङ महासंघ सातदोबाटो, नुवाकोट जिल्ला खेलकुद विकास समिति, बेलकोट युथा क्लब, होटल जनक त्रिपुरेश्वर र अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् । कार्यक्रमलाई बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, उत्तरगाया गाउँपालिका, नुवकोट जिल्ला खेलकुद विकास समिति, रसुवा जिल्ला खेलकुद विकास समितिले सहयोग गरेको प्रतियोगिता संयोजक राजन खत्रीले जानकारी दिए ।

प्रतियोगिता आयोजनाका लागि ३२ लाख ५१ हजार रुपैयाँ खर्च लाग्ने र बागमती प्रदेश तथा निजी क्षेत्रको सहयोगमा लागत खर्च जुटाउने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा नुवाकोट जिल्ला विकास समितिका अध्यक्ष विजय गुरुङ, रसुवा जिल्ला विकास समितिका अध्यक्ष विराज लोप्चन, नेपाल एडभेन्चर रनिङ महासंघका सचिव रवीन्द्र थापालगायतको उपस्थित थिए । 

प्रकाशित: ४ चैत्र २०८१ ०८:३४ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments