20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियत्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा केसीलाई

त्रिवि उपकुलपतिको जिम्मेवारी प्राडा केसीलाई


काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । यसअघिका उपकुलपति प्राडा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पर्वत मोदी गाउँपालिका-५, का केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विज्ञ हुन् । यसअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उनको काम उत्कृष्ट मानिएको थियो ।

७२ सालमा जापानका लागि राजदूत सिफारिस भएका उनी तत्काल सरकार परिवर्तनका कारण नियुक्त भने हुन पाएनन् । उनलाई मेरिट बेसको आधारमै जिम्मेवारी दिइएको हो । जापानको सरकारी छात्रवृत्तिमा नागासाकी विश्वविद्यालयबाट मास्टर्स, पीएचडी र पोस्ट डॉक्टरेट गरेका केसी विभिन्न विदेशी विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर र फरिन पोलिसी फेलो हुन् ।

- Advertisement -

उनी चीनको सांघाई विश्वविद्यालय, सिचुवान विश्वविद्यालय, युनान विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक तथा सार्क विश्वविद्यालय नयाँदिल्लीको बोर्ड सदस्य पनि हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments