19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियतोलामा दुई हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा दुई हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रवारको तुलनामा आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ ले घटेको हो । 

गत शुक्रवार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

- Advertisement -

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments