29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठनवमिडाँडामा देवी पूजा सम्पन्न, पर्यटन विकासमा स्थानीय युवाको सक्रियता

नवमिडाँडामा देवी पूजा सम्पन्न, पर्यटन विकासमा स्थानीय युवाको सक्रियता

नवमिडाँडा । पाँचथर फाल्गुनन्द १ स्थित नवमिडाँडाको तिजोकमा वर्षेर्नी रुपमा गर्दै आएको देवि पुजा शनिबार सम्पन्न भएको छ ।
यस अवसरमा साविक नवमिडाँडाका ९ वटा वडाका स्थानीय बासिन्दाहरूले बोका, बाख्रा लिएर वलि चढाएर पूजा अर्चना गरे।

समुद्र सतहबाट २१५० मिटर उचाइमा रहेको तिजोकमा पर्यटकीय आकर्षणहरू जस्तै मादल बज्ने ढुङ्गा, गुफाभित्र गाईको थुन, र मनोरम दृश्यहरू देख्न सकिन्छ। गत आर्थिक वर्षमा वडा र पालिकाले ६० लाख रुपैयाँ बजेटमा सिँढी मार्ग निर्माण गरेका थिए। यस वर्ष स्थानीय युवाहरूले लव पोइन्ट, बस्ने कुर्सी लगायत पर्यटन सुविधा विस्तार गरेका छन्।

तिजोक पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष राज दिलान्जलिले बताए अनुसार, स्थानीयहरूले २१ लाख रुपैयाँ जति सामग्री संकलन गरी क्षेत्रलाई पर्यटनको रूपमा विकास गर्ने प्रयास गरिएको छ। यसले तिजोकको पर्यटन क्षमता र आर्थिक सम्भावनालाई अझ बढाएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments