19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठताप्लेजुङ दुर्घटना : गुडिरहेको गाडीमा कसरी लाग्यो करेन्ट?

ताप्लेजुङ दुर्घटना : गुडिरहेको गाडीमा कसरी लाग्यो करेन्ट?


ताप्लेजुङ ।  पाथीभरा दर्शन गर्न हिँडेका यात्री लिएर जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका-१० सेवारो चोकमा गाडीमा आगलागी भएको हो।

बिजुलीको तार झरेर लत्रिएको स्थानमा गाडी पुगेको थियो। गाडी पुगेपछि त्यहाँ करेन्ट लागेर आगलागी सुरु भएको थियो।

कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालका अनुसार मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० की ४५ वर्षीया सविना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

- Advertisement -

दुर्घटनामा परेको मे १ ज ३०११ गाडीमा घाइते भएका दुई जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ। घाइते हुनेमा मृतक आध्याकी आमा सविना आचार्य र सिवनाका छोरा १० वर्षीय भविमय आचार्य छन्।

घटनाको अनुसन्धान भइरहेको ताप्लेजुङ प्रहरीले बताएको छ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments