19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियडुङ्गा डुब्दा आठ आप्रवासीको मृत्यु, २९ को उद्धार RD Creation

डुङ्गा डुब्दा आठ आप्रवासीको मृत्यु, २९ को उद्धार RD Creation


काठमाडौं : मध्य ट्युनिसियाको स्फ्याक्सको तटमा डुङ्गा पल्टिँदा विभिन्न देशका आठ आप्रवासीको मृत्यु हुनुका साथै अन्य २९ जनाको उद्धार गरिएको ट्युनिसियाली नेसनल गार्डले सोमबार एएफपीलाई जानकारी दिएको छ ।

नेसनल गार्डका प्रवक्ता होउसेम एडिन जेबाब्लीका अनुसार ती सबै आप्रवासी ‘विदेशी’ थिए । उनीहरूमध्ये अधिकांश उप–सहारा अफ्रिकाका र अन्य विभिन्न मुलुकका नागरिक राष्ट्रियताका थिए । ट्युनिसियाको रक्षा मन्त्रालयले आइतबार बिहानै ड्ङ्गा दुर्घटना भएको जनाएको छ । ट्युनिसिया प्रत्येक वर्ष समुद्रमार्गबाट युरोप पुग्न चाहने हजारौं उप–सहारा आप्रवासीहरूको लागि एक प्रमुख आकर्षण हो र यहाँबाट इटालीको लाम्पेडुसा टापु मात्र १५० किलोमिटर (९० माइल) टाढा छ ।

यसै महिनाको सुरुमा अधिकारीहरूले स्फ्याक्स नजिकैको अनौपचारिक शिविरहरू भत्काउन सुरु गरेका थिए । उक्त शिविरहरूमा मुख्यतया उप–सहारा अफ्रिकी देशहरूबाट आएका हजारौं आप्रवासीहरू रहेका थिए । युरोपेली सङ्घले आप्रवासी आगमन रोक्न गरेको बढ्दो प्रयासका कारण धेरै अनियमित आप्रवासीहरू ट्युनिसियामा फसेको महसुस गर्छन्। सन् २०२३ मा ट्युनिसियाले युरोपेली सङ्घसँग २५ करोड ५० लाख युरो (२९ करोड अमेरिकी डलर) को सम्झौता गरेको थियो।

- Advertisement -

यो सम्झौतालाई इटालीको कट्टर दक्षिणपन्थी सरकारले कडा समर्थन गरेको थियो, जसको उद्देश्य ट्युनिसियाको समुद्री तटबाट डुङ्गाहरू छुट्नबाट रोक्ने क्षमता बढाउनु थियो। इयूको सीमामामिला हेर्ने निकाय फ्रन्टेक्सले मध्य भूमध्यसागरीय मार्गका लागि गत वर्ष सेप्टेम्बरसम्म अनियमित सीमा पार गर्नेको सङ्ख्या ६४ प्रतिशतले घटेको जनाएको छ ।

ट्युनिसियाका राष्ट्रपति काइस सैदले गत महिना अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) लाई अनियमित आप्रवासीलाई आफ्नो देशमा स्वेच्छिक रूपमा छाडिदिन आह्वान गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments