26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियडढेलो नियन्त्रणका लागि हरित स्वयंसेवक परिचालन तयारी

डढेलो नियन्त्रणका लागि हरित स्वयंसेवक परिचालन तयारी


धादिङ ।

डढेलोको जोखिममा रहेको धादिङ जिल्लामा प्रतिकार्य कार्ययोजना पारित गर्दै सबै पालिकाले हरित स्वयंसेवक परिचालन गर्ने भएको छ ।

डढेलोबाट बनजंगल जोगाउन जिल्ला विपद व्यवस्थापन समिति धादिङको बैठकले हिउदमा हुनसक्ने डढेलोको जोखिम कम गर्न र डढेलो नियन्त्रण सम्बन्धि प्रतिकार्य योजना पारित गरिएको छ । ७ सय १७ सामुदायिक बन समेत गरि ५२ प्रतिशत बन क्षेत्र रहेको धादिङमा गतवर्ष आधाभन्दा बढी सामुदायिक बनमा डढेलो लनगेको थियो ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको बैठकले वन डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१र८२ स्वीकृत गर्द स्थानीय अवस्था र आवश्यकता बमोजिम सबै नगरपालिका र गाँउपालिकाहरुले वन डढेलो तथा आगलागी नियन्त्रण कार्यान्वयन कार्ययोजना तयार गरी एक हप्ता भित्र स्वीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराउने तथा वन डढेलो तथा आगलागी नियन्त्रण कार्यान्वयन कार्ययोजनाका आधारमा बजेट व्यवस्थापन गरी उपकरण खरिद गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

- Advertisement -

वन डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१र८२, धादिङ बमोजिम प्रतिकार्यका उपकरण खरिद गर्न जिल्ला विपद व्यवस्थापन कोषबाट पाँच लाख र प्रदेश विपद व्यवस्थापन कोषबाट दुई लाख रकम विनियोजन गर्ने निर्णय गर्दै आगलागी तथा वन डढेलोबाट हुन सक्ने संभावित घटनालाई न्युनिकरण एवम् नियन्त्रण गर्न प्रत्येक नगरपालिका र गाउँपालिकाले कम्तिमा १० जना हरित स्वयंसेवक तयार गरी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले जाकारी दिनुभयो ।

डढेलो नियन्त्रण विपद व्यवस्थापन प्रतिकार्य योजना अनुसार विद्यालय तथा समुदाय तहसम्मा सचेतथा अभियान संचालन गर्ने, डढेलो नियन्त्रण सप्ताह संचालन गर्ने, डढेलो लगाउनेको सुचना दिनेलाई पुरस्कार दिने, प्रतिरोधात्मक अआगो लगाउने लगायतका योजना समेत बनेको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments