25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishजागरण अभियानमा फर्किँदै माओवादी | Nagarik News

जागरण अभियानमा फर्किँदै माओवादी | Nagarik News

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ‘तराई-मधेश जागरण अभियान’मा फर्किँदैछ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावपश्चात् अभियान पुन: सुरु हुने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

‘स्ववियु निर्वाचनपछि अभियानमा पुन: फर्किन्छौँ। यसबारे आधिकारिक निर्णय हुन बाँकी छ,’ महासचिव गुरुङले भने।

गत फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको माओवादीको अभियान गत २५ गते अचानक स्थगित भएको थियो।

- Advertisement -

झापाबाट सुरु भएको माओवादी अभियान रौतहटसम्म पुगेको छ। अब बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुर पुग्न बाँकी छ।

यो पनि पढ्नुहोस्

राजावादी आन्दोलनका कारण रोकिएको हो माओवादी अभियान ?

प्रकाशित: २९ फाल्गुन २०८१ १६:०३ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments