25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishजहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ। विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो।

एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो। साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन्। ‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो। जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ,’ उनले भने, ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन।’ प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए।

रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौँ उडान भरेको थियो। विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन्। उक्त उडानमध्ये तम्घास–काठमाडौँ एक हजार एक सय ६५ र काठमाडौँ–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ। जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ। विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन्। रासस

प्रकाशित: ११ फाल्गुन २०८१ ०९:५७ आइतबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments