19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठजगदगुरु आविर्भाव महोत्सवका अवसरमा रक्तदान

जगदगुरु आविर्भाव महोत्सवका अवसरमा रक्तदान


अनन्तश्री विभूषित जगदगुरु महायोगी सिद्धबाबाको पावन आविर्भाव महोत्सवका अवसरमा जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ, वराहक्षेत्र चतराधामको आयोजनामा मङ्गलबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्र शाखाको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा ६२ पिन्ट रगत सङ्कलन भएको वराहक्षेत्र रेडक्रसका सभापति हरिकृष्ण भट्टराईले जानकारी दिनुभयो। 

Chatara fham raktadan

- Advertisement -

रक्तदान कार्यक्रममा सप्तकोसी बहुमुखी क्याम्पसका विद्यार्थी, स्थानीय युवाहरुको सहभागिता रहेको थियो । रक्तदान  ‘नर सेवा नारायण सेवा’ को भावनासहित मानव कल्याण र परोपकारको श्रेष्ठ कार्य रहेको जगदगुरु महायोगी सिद्धबाबाले बताउनु भयो । 

जगदगुरु आविर्भावको अवसरमा मङ्गलबारदेखि हनुमान मन्दिर रामतारक ब्रह्मपीठ चतराधाममा बिहान ६ बजेदेखि २४ घण्टाको अखण्ड श्रीरामचरितमानसको सङ्गीतमय पाठपारायण भइरहेको छ । सोही अवसरमा रक्तदान कार्यक्रमसहित छात्रवृत्ति वितरण र कीर्तन सन्ध्याको आयोजना हुँदैछ । 

Raktadan ramanandacharya sewa piTha

भोलि माघ ७ गते बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म जगदगुरु महायोगी सिद्धबाबाको आविर्भाव महोत्सव, श्रीगुरु पादुका पूजन, मङ्गल उत्सव, श्रीगुरुचरणकमलमा बधाई अर्पण, महाआरती, भण्डारा प्रसादलगायतका कार्यक्रम आयोजना गरिने जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठले जानकारी दिएको छ । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments