20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishचीनले अमेरिकी वस्तुको आयातमा १२५ प्रतिशत कर लगाउने

चीनले अमेरिकी वस्तुको आयातमा १२५ प्रतिशत कर लगाउने

चीन । चीनले अमेरिकाबाट आयात हुने सामानमा १२५ प्रतिशत कर लगाउने भएको छ । अमेरिकाले चिनियाँ सामानमा हालै लगाएको १४५ प्रतिशत करको जवाफमा चीनले उक्त निर्णय गरेको हो । 

गत हप्ताको बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा ३४ प्रतिशत करवृद्धिको घोषणा गरेका थिए । जवाफमा चीनले पनि अमेरिकी सामानमा ३४ प्रतिशत कर लगाएको थियो । 

- Advertisement -

त्यसपछि ट्रम्पले गत बुधवार चिनियाँ वस्तुको आयातमा लाग्ने कर १२५ प्रतिशत थपेर १४५ प्रतिशत पुर्‍याए । 

बिहीबार चीनले पनि अमेरिकी सामानमा लाग्ने कर ८४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएको हो । ट्रम्पले ७५ भन्दा बढी देशहरूमाथि लगाएको पारस्परिक भन्सार शुल्क ९० दिनका लागि स्थगित गरी १० प्रतिशतमा यथावत् राखेका छन् । एजेन्सीको सहयोगमा

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments