25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishगैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण

गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण


गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि पुनः गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार (७ फागुन )गृहमन्त्री रमेश लेखकसँगको भेटमा गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी मार्गप्रशस्त गर्न ध्यानाकर्षण गराउनुभएको हो । उक्त अवसरमा महिला सचिव राधिका (टीका) गुरुङ पनि उपस्थिति हुनुहुन्थ्यो ।

सो अवसरमा संसदमा जारी हिउँदे अधिवेशनमार्फत नै संविधान प्रदत्त अधिकारको उपभोग गर्न पाउने गरी कानूनी प्रावधान ल्याउन, गैरआवासीय नेपाली नागरिकता बहाक नागरिकलाई १० वर्ष भिसा शुल्क नलाग्ने प्रावधानलाई प्रतिस्थापन गर्ने कानून बनाई गैरआवासीय नेपालीलाई नेपालमा आवत–जावत तथा बसोबास गर्दा भिसा नै नचाहिने कानून बनाउन, एनआरएन एक्टलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउन र अन्य आवश्यक ऐन तथा कानून परिमार्जनका लागि अनुरोध गरिएको थियो ।

जवाफमा गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी आउने जारी हिउँदे अधिवेशनबाटै कानुन बनाउने प्रतिबद्धता गर्नुभयो । त्यसका लागि परराष्ट्र, कानून लगायत सम्बद्ध मन्त्रालयसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा अन्य समसामायिक विषयबस्तुमा पनि छलफल भएको थियो ।

- Advertisement -


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments