19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियखुम्बु क्षेत्रमा भारी हिमपात, एक अमेरिकी पर्यटक सम्पर्कविहीन RD Creation

खुम्बु क्षेत्रमा भारी हिमपात, एक अमेरिकी पर्यटक सम्पर्कविहीन RD Creation


काठमाडौं : उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ।

हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन्। खुम्बु क्षेत्रमा रहेका ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन्। उनले भने, “हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक समस्यामा परेका छन्, तर सङ्ख्या यकिन भइसकेको छैन।”

स्थानीयवासी साङ्गे शेर्पाले बेमौसमी हिमपातका कारण जनजीवनमा असर परेको सुनाए। यसैबीच सगरमाथा क्षेत्रमा पदयात्रामा गएका एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा छन्।

- Advertisement -

“उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा ‘इन्ट्री’ हुनुभएको थियो। त्यसपछि सम्पर्कमा आउनुभएको छैन,” उनले भने। हिमपातका कारण खोजी गर्न समस्या भएको छ। हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ।

अधिकांश आरोहीहरु आधार शिविरमै रोकिएका छन्। प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments