25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठक्यालिफोर्नियामा अन्धाधुन्ध गोलि चल्दा १२ जनाको मृत्यु

क्यालिफोर्नियामा अन्धाधुन्ध गोलि चल्दा १२ जनाको मृत्यु

 

०८ नोभेम्बर, कुवेत। क्यालिफोर्नियाको लस एन्जलसबनजिकै थाउज्यान्ड्स ओक्स क्षेत्रमा रहेको एक क्लबमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा उनीसहित १२ जनाको मृत्यु भएको छ।

थाउज्यान्ड्स ओक्सको बोर्डरलाइन बार एन्ड ग्रिल क्लबमा सयौँ पार्टीमा व्यस्त रहँदन बन्दुकधारीले गोली चलाएका हुन्। बुधबार मध्यरात भएको घटनामा एक सुरक्षाकर्मीसहित १२ को ज्यान गएको हो। ज्यान जानेमा थुप्रै विद्यार्थी छन्।

बन्दुकधारीले गोली चलाउन थालेपछि थुप्रै आतंकित व्यक्ति टेबलमुनि लुकेका थिए। कोही बाथरुममा लुकेका थिए भने केहीले एटिकमा घोप्टो परेर ज्यान जोगाउने प्रयास गरेका थिए।  स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुले कलेज नाइट मनाइरहेको बेला उक्त घटना भएको हो।

- Advertisement -

यो समाचार देश सन्चारले छापेको छ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments