26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठकोशीको बजेट आफ्ना कार्यकर्ता मात्रै खुसी बनाउने खालको आयो : आङ्बो

कोशीको बजेट आफ्ना कार्यकर्ता मात्रै खुसी बनाउने खालको आयो : आङ्बो


पाँचथर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दुई दलका नेता कार्यकर्तालाई मात्रै खुसी बनाउने बजेट आएको प्रतिक्रिया दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छन् ।उक्त बजेट वक्तव्यमाथि प्रतिक्रिया दिँदै आङ्बोले भनेका छन्, ‘दुई वटा दलले आफ्ना कार्यकर्तालाई मात्रै खुसी बनाउनेगरी बजेट आएको छ । यसले कुनै पनि परिणाम र उपलब्धि हासिल गर्न सक्दैन ।’
उनले परम्परा धान्ने खालको मात्रै बजेट आएको बताउँदै कुनै पनि प्राथमिकता निर्धारण गर्न नसकेको बताए ।‘बजेट सामान्यतया परम्परा धान्ने खालको मात्रै आएको छ । बजेटले कुनै पनि प्राथमिकता निर्धारण गरेको छैन । उहाँहरूले सबैभन्दा बढी प्राथमिकता कृषिलाई जस्तो भनेर अघि सार्नुभएको छ,’ आङ्बोले भने, ‘प्रदेश सरकारले ४ अर्बभन्दा बढी छुट्याउने गरेको बजेट अहिले सवा २ अर्बमा आएर कृषिलाई प्राथमिकतामा राख्न खोजिएको छ ।’

वितरणमुखी र कनिका छरेको जस्तो बजेट आएको उनले बताए । १संघीयता कार्यान्वयनका हिसाबले लाखको बजेट केन्द्रमा आयो । ५० हजारको बजेट प्रदेशमा आउँदैछ । बजेट वक्तव्यले त्यो संकेत गरेको छ,’ उनले भने ।

 

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments