20.1 C
Kathmandu
Monday, April 27, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकुवेतमा e-passport को लागि के-के प्रक्रिया र कागजात चाहिन्छ?

कुवेतमा e-passport को लागि के-के प्रक्रिया र कागजात चाहिन्छ?

दिलकुमार पाख्रीन/१० अगस्ट, कुवेत। पछिल्लो समय नेपाल सरकारले नागरिकहरुको विवरण सुरक्षा र नक्कली पासपोर्ट प्रयोग गरि हुने गरेका अपराधिक क्रियाकलाप कम गराउन e-passport जारि गरेको छ। e-passport हाललाइ अनिवार्य नभए पनि म्याद सकिएर नयाँ बनाउन चहाने, पासपोर्टको पेज सकिएर नयाँ बनाउने, हराएर वा अन्य विविध कारण नयाँ पासपोर्ट बनाउन चहानेहरुलाइ नेपाल सरकारले e-passport वितरन गरिरहेको छ। कलेजी रङ रहेको e-passport मा धातुको चिप रहने र चिपमा पासपोर्ट वाहकको पुर्ण विवरण समावे गरिएको छ। उक्त चिप मेसिनम राख्दा मेसिनले उक्त पासपोर्ट वाहकको पुर्ण विवरण सहितको जानकारी बताउने गरि e-passport निर्माण गरिएको छ।

नेपालबाट e-passport लिन र विदेशबाट लिन फरक फरक प्रक्रिया रहेको छ। कुवेतबाट e-passport लिन के के प्रक्रिया र कागजात चाहिन्छ भन्ने जानकारी नहुँदा धेरै नेपालिहरुले पटक पटक एम्बेस्सी धाउनुपरेको र सास्ती बेहोर्नु परेको छ। विवस्ता भनौं, कर्मचारीको कमि भनौं, दूतावासको लाचारिता भनौं, या दूतावासको असक्षमता जे सुकै भनौं। नेपाली दूतावास कुवेतको कार्यलयमा फोटोकपी मेसिन छैन। भए पनि पबलिकलाइ प्रयोग गर्न पाइँदैन। यदि कुनै पनि काम लिएर दोइतावास गइयो र कुनै पनि कागजातको फोटोकपी चाहियो भने कि त हवाल्ली, कि त सिटि नै पुग्नुपर्ने बाध्यता छ। उसै पनि दूतावासको कन्स्युलिङ सर्भिस जम्मा ९ बजेदेखी १ बजे सम्म ४ घन्टा मात्र छ। दूतावासको काउन्टरमा कहिँ e-passport को लागि के के कागजात चाहिन्छ भन्ने जानकारी टाँस गरिएको पनि छैन। दिनभरी लाम लागेर बस्यो अन्तिममा आफ्नो पालो आउँदा कागजात पुगेन फलानो फलानो कागजात लिएर आउनुहोस भन्छन। त्यसो गर्दा धेरैको काम एकै दिन नबनेर पटक पटक दूतावास धाउनुपरेको धेरै जनगुनासो आएको छ।

अब विविध कारणले दूतावासमा फोटोकपी मेसिन नभएको भन्ने जानकारी भैसकेपछी आवस्यक कागजात र प्रक्रिया त हामिले पनि पुर्‍याउनु पर्‍यो। त्यसको लागि यसो गर्नुहोस।

१. अपोन्ट्मेन्ट लिनुहोस। अपोइन्ट्मेन्टको लागि दूतावासको हटलाइन 98869121 मा सम्पर्क गर्नुहोस वा eonkuwait@mofa.gov.np मा इ-मेल गर्नुहोस।
अथवा फारम भर्नुहोस। फारम भर्नको लागि जनजागृती युवा समाज कुवेतले निशुल्क सुविधा दिइएको छ। 67065409 मा आनन्द आचार्यलाइ फोन गर्नुहोस। अथवा NRNA कुवेतले पनि निशुल्क फारम भरिदिने छ। जसको लागि आङ नोर्बु शेर्पालाइ 65055828 मा सम्पर्क गर्नुहोस।

- Advertisement -

२. आफुले पाएको अपोइन्टमेन्टको दिन वा फारम भरेको भए फारम लिएर दूतावास जानुहोस। दूतावास जानू पहिले ख्याल गर्नुहोस पासपोर्टको फोटोकपी, नागतिकताको फोटोकपी सक्कल पासपोर्ट र साथमा १६ केडि पैसा साथमा बोकेर मात्र दूतावास जानुहोस। अन्यथा तपाइको फोटोकपी गर्न बाहिर जानुपर्ने हुँदा दूतावास बन्द भैसकेको हुनेछ। र तपाइको काम बन्ने छैन।

तपाईको जानकारिका लागि, पासपोर्टको भ्यालिडिटी १० बर्षको हुनेछ। जसमा ३२ पेज हुनेछ। यदि तपाईं अन्य विभिन्न देश भ्रमण गरिरहनुपर्ने र पासपोर्टको पेज सकिन्छ भने ३२ केडि तिरेर ६४ पेजवाला पनि पासपोर्ट बनाउन सक्नुहुनेछ। पहिले जस्तो फोटो बोकेर जानू पर्दैन। दूतावासमा नै खिचिन्छ।

यति प्रक्रिया र कागजात पूरा गरि दूतावास जानुभएमा तपाइको काम बन्छ। पटक पटक धाएर सास्ती खेप्नु र अन्य अनावश्यक खर्च गरिरहनुपर्दैन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments