19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठकुवेतमा मृत्यु भएका विश्णु सुनारको जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट...

कुवेतमा मृत्यु भएका विश्णु सुनारको जीवन विमा स्वरुप अल मुल्ला एक्सचेञ्जको तर्फबाट ३९३ हजार रुपैयाँ

राम्रो दृष्टि/ १५ अप्रील, कुवेत। कुवेतमा केही महिना पहिले असामयिक निधन भएका विश्णु सुनारको परिवारले अल मुल्ला एक्सचेञ्जको जीवन विमा स्वरुप ३ लाख ९३ हजार ३ सय ७ रुपैयाँ आज मृतककी श्रीमती निर्मला बिकको नेपाल बैंकको खाता नं 08001106768816000001 मा जम्मा गरिदिएक छन। अल मुल्ला एक्सचेञ्जले अल मुल्ला एक्सचेञ्जबाट पैसा पठाएबापत एक महिनाको लागि १ हजार दिनारको निशुल्क जीवन विमा दिने गरेको छ। विश्णु सुनारले आफू मृत्यु हुनु भन्दा केही दिन अघि मात्र आफ्न परिवारलाइ पैसा पठाएकोले सो रकम प्राप्त गरेका हुन।

मृतक सुनारको श्रीमतिको नाममा अल मुल्ला एक्सचेञ्जकै अकाउन्टबाट आज १ हजार कुवेती दिनार अर्थात नेपाली ३ लाख ९३ हजार ३ सय ७ रुपैयाँ पठाइएको अल मुल्ला एक्सचेञ्जमा कार्यरत नेपालका लागि करिडोर इन्चार्ज भुवन सुवेदिले राम्रो दृश्टिलाइ जानकारी दिएका छन। अल मुल्ला एक्सचेञ्जबाट पैसा पठाएउने बित्तिकै स्वत कुनै शुल्कबिना नै जीवन विमा बन्ने गरेको छ। जीवन विमा बनेको एक महिना भित्र आत्माहत्या वाहेक जस्तोसुकै मृत्यु भए पनि एक्सचेञ्जले मृतक परिवारलाइ जीवन विमा स्वरुप १ हजार कुवेती दिनार उपलब्ध गराउने गरेको छ।

अल मुल्ला एक्सचेञ्जबाट जीवन विमा स्वरुप सो रकम पाउने अन्य देशका नागरिकहरु थुप्रै भए पनि नेपालि नागरिकका लागि भने विश्णु सुनार नै पहिलो व्यक्ति हुन। यश बिसयमा निरन्तर मृतक परिवार र सम्बन्धित एक्सचेञ्ज संग समन्वय गर्दै मध्यस्थताकर्ताको भुमिका निर्वाह गर्ने बिबि मल्ला ठकुरि, उमेश पुडासैनी लगाएत यश कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाइ करिडोर इन्चार्ज सुवेदिले धन्यवाद व्यक्त गरेका छन। उनले आफू कार्यरत कम्पनिबाट नेपालिको नाताले पाउनुपर्ने सुविधाको लागि आफुले सक्दो भुमिका निर्वाह गरेको कारण यो कार्यले सफलता पाएकोमा आफू निक्कै खुसी रहेको बताएका छन।

उनले राम्रो दृश्टिसंग कुरा गर्दै भने “कसैले पनि विदेशी भुमिमा ज्यान गुमाउनु नपरोस तर नचहाँदा नचहाँदै पनि हामी धेरै नेपालीहरुले ज्या गुमाइरहनु हाम्रो बाध्यता र दु:खद पक्ष हो। तर त्यसवापत पनि अल मुल्ला एक्सचेञ्जबाट पैसा पठाएवापत मात्रै पनि मर्ने मरेर गए पनि उनका परिवारले, उनका बाल बच्चाले केही राहत पाउनु ठुलै कुरा हो। विश्नु सुनारको बालबच्चाले पनि बुबा गुमाउँदाको पीडा एकातिर भए पनि उनको जीवन विमा स्वरुप पाएको पैसाले शिक्षा दिक्षामा सहयोग हुनु राम्रो पक्षा हो। म आफै कार्यरत कम्पनिबाट यस कार्यमा सहयोग गर्न पाउँदा निक्कै खुसी लागेको छ।”

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments