26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकुल बजार पूँजीकरण करीब ३३ अर्ब घट्यो

कुल बजार पूँजीकरण करीब ३३ अर्ब घट्यो



काठमाडौं । यो साता धितोपत्र दोस्रो बजारको पूँजीकरण ३२ अर्ब ९३ करोड ६५ लाख रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ७९ अर्ब ३९ करोड ७६ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ४६ अर्ब ४६ करोड ११ लाख रुपैयाँ कायम भएको हो । 

यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ७९ प्रतिशत घट्दा कुल बजार पूँजीकरणमा असर परेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ६९९ दशमलव ८१ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६७८ दशमलव ४७ विन्दुमा झरेको हो । 

- Advertisement -

यो साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन घटेको छ भने दुई कारोबार दिन बढेको छ । पहिलो कारोबार दिन ११ दशमलव ४९ अंक घटेको नेप्से दोस्रो दिन १० दशमलव ९८ अंक घटेको छ । तेस्रो दिन ६ दशमलव ५४ अंक र चौथो दिन १ दशमलव ८६ अंक बढेको नेप्से अन्तिम कारोबार दिन भने ७ दशमलव २६ अंक घटेर बन्द भएको हो ।

यो साता नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । यो साता सेन्सेटिभ इन्डेक्स १ दशमलव शून्य १ प्रतिशत घटेर ४४९ दशमलव ८८ विन्दुमा झरेको हो । 

यो साता गत साताभन्दा कुल कारोबार रकम १२ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीले र कुल कारोबार कित्ता २ करोड ७७ लाखभन्दा बढीले घटेको छ । गत साता ५१ अर्ब ९५ करोड ६८ लाख रुपैयाँभन्दा बढीको १० करोड ३३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ३९ अर्ब २४ करोड ४३ लाख रुपैयाँभन्दा बढीको ७ करोड ५६ लाख ६३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । 

यो साता औसत कारोबार रकम २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीले र औसत कारोबार कित्ता ५५ लाख ४६ हजारभन्दा बढीले घटेको छ । नेप्सेका अनुसार गत साता १० अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको २ करोड ६ लाखभन्दा बढी कित्ता औसतमा धितोपत्र कारोबार भएकोमा यो साता ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको १ करोड ५१ लाखभन्दा बढी कित्ता धितोपत्र औसतमा कारोबार भएको हो । 

लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । प्राविधिकरूपमा हेर्दा पछिल्लो समय रातो मैनबत्तीले नै निरन्तरता पाएको देखिन्छ । 

यो साताको पछिल्लो दुई कारोबार दिन बनेको लामो टुप्पी भएको रातो मैनबत्तीलाई आधार मान्दा आगामी दिनमा बजार अझै घट्ने हो कि भन्ने संकेत पनि देखिन्छ । 

पछिल्लो साताको कारोबारलाई हेर्दा बजारले २ हजार ६७६ विन्दुको बलियो टेवा लिएर बसेको देखिन्छ । यो टेवा विन्दुलाई ब्रेक गर्नका लागि लगानीकर्ताले केही नयाँ नीतिगत सुधारको समेत अपेक्षा गरेको ब्रोकरहरूको बुझाइ छ । 

सातागत परिसूचकको तुलना

 

विवरण यो साता गत साता फरक फरक प्रतिशत
नेप्से परिसूचक (अंक) 2,678.47 2,699.81 -21.34 -0.79
सेन्सेटिभ इन्डेक्स (अंक) 449.88 454.47 -4.59 -1.01
कारोबार रकम (रू. हजारमा) 39,244,322.17 51,956,812.04 -12,712,489.87 -24.47
कारोबार कित्ता 75,663,344 103,398,068 -27,734,724 -26.82
औसत कारोबार रकम (रू. हजारमा) 7,848,864.43 10,391,362.41 -2,542,497.97 -24.47
औसत कारोबार कित्ता 15,132,668.80 20,679,613.60 -5,546,944.80 -26.82
कुल बजार पूँजीकरण (रू. दश लाखमा) 4,446,461.10 4,479,397.69 -32,936.59 -0.74

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

वित्त समूहको परिसूचक बढ्यो

यो साता गत साताको तुलनामा समग्र धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटे पनि वित्त समूहको परिसूचक २ दशमलव ६९ प्रतिशत बढेको छ । 

त्यस्तै, लगानी समूहको १ दशमलव ३७ प्रतिशत, विकास बैंक समूहको १ दशमलव १५ प्रतिशत बढेको छ । यो साता लघुवित्त समूहको परिसूचक भने स्थिर रहेको छ । 

यो साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २ दशमलव ६७ प्रतिशत घटेको छ । त्यस्तै होटल तथा पर्यटनको २ दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ९२ प्रतिशत, अन्यको १ दशमलव ६५ प्रतिशत, व्यापारिकको १ दशमलव ६२ प्रतिशत, जीवन बीमाको १ दशमलव १३ प्रतिशत, बैंकिङको १ दशमलव शून्य २ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २० प्रतिशत परिसूचक घटेको छ । 

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन

 

विवरण यो साता गत साता फरक प्रतिशत
वित्त 2,795.67 2,722.39 2.69
लगानी 107.3 105.85 1.37
विकास बैंक 5,791.45 5,725.44 1.15
लघुवित्त 5,137.45 5,137.42 0
म्युचुअल फण्ड 20.19 20.23 -0.2
जलविद्युत् 3,798.12 3,823.83 -0.67
बैंकिङ्ग 1,345.21 1,359.14 -1.02
जीवन बीमा 13,019.45 13,168.84 -1.13
व्यापार 4,287.55 4,358.25 -1.62
अन्य 2,088.22 2,123.28 -1.65
निर्जीवन बीमा 12,863.96 13,116.04 -1.92
होटल तथा पर्यटन 6,614.67 6,756.04 -2.09
उत्पादन तथा प्रशोधन 6,971.49 7,162.89 -2.67

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments