20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठकाठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने « News of Nepal

काठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने « News of Nepal

काठमाडौँ। 

आगामी १७ फागुन (१ मार्च) का दिन काठमाडौँमा अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ ।

धनयोगा फाउन्डेसनको आयोजनामा हुने एक दिने सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यासुच्युसेट अमेरिका, डाइबेटिज एण्ड ईण्डोक्राइनोलोजी एशोसिएसन नेपाल र नेपाल हेल्थ क्रप्सको सहकार्य हुने बताइएको छ ।

दक्षिण एसियामा बढ्दो मधुमेहको समस्यालाई मध्येनजर गर्दै नेपालमा उक्त सम्मेलन गर्न लागिएको सम्मेलनका साइन्टिफिक कमीटी चेयर डा प्रज्वल प्याकुरेलले बताए ।

- Advertisement -

सम्मेनलमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने उनले जानकारी दिए । सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ ।

सम्मेलनमा अमेरिका र भारतका अनुसन्धानकर्ता तथा विशेषज्ञ चिकित्सकहरुले सम्मेलनमा ‘की नोट स्पिकर’ का रुपमा नेपाल आउने तय भएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा संयोजक कमल विश्वकार्माका अनुसार भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्राइनोलोजी विभाग (युनिट १) प्रमुख डा नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा. राजु पन्त, अमेरिकाबाटै डा. अजय चौधरी, प्राडा. मेरेडिथ हकिन्स, डा. राल्फ डेफरेन्जो, बीपी कोइराला स्वास्थ्य विज्ञान , प्रतिष्ठानका डा.  रोबिन मास्के, भारतका डा. निहाल थोमस, विश्व स्वास्थ्य संगठनबाट डा. ग्याम्पो दोर्जी लगायतको सहभागिता हुने जानकारी दिए ।

सम्मेलन काठमाडौंको रोयल टुलिप द मेसीफ होटलमा हुने जानकारी गराइयो । धन योगा फाउन्डेसन अमेरिकाकोमा दर्ता भएको गैरनाफामुलक संस्था हो । यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मधुमेह अनुसन्धानमा काम गरिरहेको संस्थाले सबै प्रदेशमा मधुमेह अनुसन्धान केन्द्र स्थापना गर्ने प्रक्रियामा रहेको धन योगा फाउण्डेसन नेपालकी प्रेसिडेन्ट स्मृति शर्मा तिवारीले जानकारी दिइन् ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments