25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeखेलकुदकल्याणकारी युवा समाज कुवेतद्वारा मुजैनी भलिबल कप हुने।

कल्याणकारी युवा समाज कुवेतद्वारा मुजैनी भलिबल कप हुने।

दिलकुमार पाख्रीन। १५ सेप्टेम्बर, कुवेत। कल्याणकारी युवा समाज कुवेतले आफ्नो पाचौं वार्षिकोत्सवको अवसर पारेर आगामी २३ सेप्टेम्बरका दिन Muzaini Cup अन्तर नेपाली खुला भलिवल प्रतियोगिता आयोजना हुने भएको छ। अल मुजैनी एक्सचेञ्जको मुख्य प्रायोजनमा हुने यश प्रतियोगिता अबुहलिफा स्थित सहेल स्पोर्टिङ क्लवको भलिवल कोर्टमा तय भएको छ।

यसपटक पनि संस्थाको पाँचौं वार्षिकोत्सबको अवसरमा हुन गैरहेको Muzaini Cup खुला भलिवल प्रतियोगितामा प्रथम पुरस्कार १५१ केडि नगद, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार १०१ केडि नगद ट्रफी मेडल र प्रमाणपत्र, त्रीतिय पुरस्कार ५१ केडि नगद मेडल र प्रमाणपत्र रहेको छ। साथै वेस्ट स्पाइकर र वेस्ट प्लेयेरको लागि समेत पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक नवराज पराजुलिले RD Creation लाई जानकारी गराएका छन।

खेल बिहान ८ बजेबाट सुरु हुनेछ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments