20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठकर्मचारिलाइ नै कोरोना संक्रमण भएपछी अनिश्चितकालका लागि नेपाली दूतावास कुवेत बन्द।

कर्मचारिलाइ नै कोरोना संक्रमण भएपछी अनिश्चितकालका लागि नेपाली दूतावास कुवेत बन्द।

राम्रो दृष्टि क्रीएशन/ मार्च, १८ कुवेत। कुवेतमा कोरोना भाइरसको संक्रमण अत्याधिक बढेको छ। कोरोना भाइरस नियन्त्रणकै लागि पछिल्ला केही हप्तादेखि कुवेत सरकारले साँझ ५ बजेदेखी बिहान ५ बजेसम्म १२ घण्टे कर्फ्यु आदेश जारी गरिनुका साथै सार्वजनिक स्थलमा जमघट, होटल रेस्टुरेन्टमा बसेर खान नपाइने, जिम तथा शैलूनहरुमा उच्च सुरक्षा अपनाएर मात्र सञ्चालन गर्न निर्देशन समेत दिइएको छ।

पछिल्ला समयमा कुवेतमा दैनिक १ हजारदेखी १५ सय सम्मको संक्रमणले जनमानसमा थप सुरक्षित रहन निर्देशन दिइरहेको छ। त्यसो त आज मात्र पनि नेपाली दूतावास कुवेतले अत्यन्तै जरूरी सुचना जारी गर्दै दूतावासको कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन। सुचनामा एक जना कर्मचारिलाइ संक्रमण भएको भन्दै अर्को सुचना जारी नभए सम्मका लागि दूतावास बन्द रहने उल्लेख गरिएको छ। को कर्मचारी संक्रमित हुन भन्ने नखुलाइए पनि कोरोना संक्रमणका कारण दूतावास बन्द हुँदा राहदानी नविकरण, कागजात प्रमाणिकरण जस्ता कामहरुमा सेवाग्रहिलाइ असर पर्ने भएकाले क्षमा याचाना गर्दै अत्यन्तै महत्त्वपूर्ण जानकारिका लागि निम्नलिखित टेलिफोन नम्बर र इमेल प्रयोग गर्नका लागि अनुरोध गरिएको छ।

हटलाइन नम्बरः 98869121
टेलिफोन नम्बरः 25321603, 25321604, 25321605
इमेलः eonkuwait@mofa.gov.np
फेसबुकः Embassy of Nepal, State of Kuwait

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments