25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishकपिलवस्तुका ३ पालिकामा सुरक्षित गर्भपतन सेवा निःशुल्क

कपिलवस्तुका ३ पालिकामा सुरक्षित गर्भपतन सेवा निःशुल्क

कपिलवस्तुका तीन पालिकाका महिलाका लागि सुरक्षित गर्भपतन सेवा निःशुल्क गरिएको छ। तौलिहवास्थित मेरी स्टाप्सबाट ती पालिकाका महिलाका लागि निःशुल्क गर्भपतन सेवा सुरु गरिएको छ। कपिलवस्तु नगरपालिका तथा मायादेवी र यशोधरा गाउँपालिकाका महिलाले अबदेखि निःशुल्क सुरक्षित गर्भपतन सेवा प्राप्त गर्नेछन्।

कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले मेरी स्टोप्समा सेवाको शुभारम्भ भएको घोषणा गरे। उनले हचुवाका भरमा औषधीलगायतको प्रयोग गरी गर्भपतन गराउँदा महिलाको ज्यान नै जोखिमा पर्ने भएकाले यो सेवा सुरुवात गरिएको बताए। उनले अनिच्छित रूपमा भएको गर्भलाई तोकिएको मापदण्ड पूरा गरी यहाँबाट सेवा लिन सक्ने गरी पालिकाले सम्झौता गरेको उनले बताए। उनले यो सेवाको सही सदुपयोग गर्न आग्रहसमेत गरे।

मेरी स्टोप्स तौलिहवाका प्रमुख मनिराम पाण्डेयले १२ हप्ता र तोकिएको कानुन र मापदण्डअनुसार सुरक्षित गर्भपतन सेवा निःशुल्क दिइने बताए। उनले आफूहरूले प्रति गर्भपतनको पालिकाबाट आठ सय रूपैयाँ लिने गरी सम्झौता गरिएको बताए।

सबै विवरण कोडमा राखिने र गोप्य रहने उनले बताए। जिल्लाका विभिन्न औषधी पसलमा अवैधानिक रूपमा गर्भपतनको औषधी बेच्ने गरिएकाले समेत असुरक्षित गर्भपतनले महिलाको ज्यानको जाखिमसमेत जिल्लामा उच्च रहेको बताए।

- Advertisement -

खुला सिमाका कारण महिला भारतमा जाने र झारफुकले गर्दा समेत कैयौं महिलाको ज्यान जाने गरेको पाण्डेयले बताए। गर्भपतन सेवा निःशुल्क भएपछि यसले सकारात्मक परिणाम ल्याउने उनले बताए। उनले तौलिहवा शाखामा वार्षिक ६ सयको हाराहारीमा सुरक्षित गर्भपतन सेवा दिने गरिएको बताए।

प्रकाशित: १९ फाल्गुन २०८१ १०:४२ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments