23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishकञ्चनपुरमा महिलाको मृत्यु, चारजना नियन्त्रणमा

कञ्चनपुरमा महिलाको मृत्यु, चारजना नियन्त्रणमा

भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो घरमै बेहोस अवस्थामा फेला परेकी उनलाई महाकाली प्रादेशिक अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए।

सो घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान् गोपाल सुनार, कान्छी श्रीमती मिरादेवी सुनार, छोरा अर्जुन सुनार र करन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

- Advertisement -

मृतकको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments