काठमाडौं । ओमाडा एन्ड जेइको अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालभर सडकमा ८०० भन्दा बढी सवारी साधन सञ्चालनमा ल्याएको जनाएको छ ।
काठमाडौंको उत्तरढोका सोरूममा आयोजित उत्सव कार्यक्रममा कम्पनीले यस्तो जानकारी दिएको हो ।

कार्यक्रममा प्रतिष्ठित क्रिकेट खेलाडी एवम् ओमाडा एन्ड जेइकोका ब्रान्ड एम्बेसडर दीपेन्द्र सिंह ऐरीसमेत उपस्थित थिए ।
कार्यक्रममा अतिथिहरूले क्रिकेटर ऐरीसँग संवाद गर्ने अवसर पाएका थिए । साथै उनीहरूले कम्पनीका गाडीका विभिन्न मोडेलहरूको अवलोकन समेत गरेका थिए ।
कम्पनीका गाडीको नेपालको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड हो ।




