26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियएसबिआई बैंकद्वारा स्कुल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण

एसबिआई बैंकद्वारा स्कुल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले मोरङको एक विद्यालयलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बैंकले विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । 

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलाई एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरे । 

- Advertisement -

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । 

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments