20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishएनआईसी एशिया लघुवित्तको सञ्चालकमा बलराम पौडेल नियुक्त

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा बलराम पौडेल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन् ।

 लघुवित्त सञ्चालक समितिको आइतवार बसेको २३८औँ बैठकले पौडेललाई सर्वसाधारण समूह प्रतिनिधिको रुपमा सञ्चालक पदमा नियुक्त गरेको हो । 

- Advertisement -

पौडेलको नियुक्ति संस्थाको आगामी वार्षिक साधारण सभासम्मका लागि गरिएको हो। यसअघि सो पदमा शशांक अग्रवालले प्रतिनिधित्व गर्दै आएका थिए।

पौडेलसंग बैंकिङ र लघुवित्त क्षेत्रमा करिब ३९ वर्षको लामो कार्य अनुभव रहेको छ । उनले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत सञ्चालित “ग्रामीण उद्यम तथा रेमिट्यान्स परियोजना” मा प्रशिक्षण विशेषज्ञको रूपमा, तत्कालीन सिभिल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक तथा साना किसान विकास बैंक लगायत विभिन्न संस्थामा काम गरिसकेका छन्।

पौडेलको दीर्घ अनुभव र दक्षताले एनआईसी एशिया लघुवित्तलाई अझ प्रभावकारी, अग्रणी तथा सशक्त लघुवित्त संस्थाका रूपमा स्थापित गर्न थप मद्दत पुग्ने संस्थाले विश्वास लिएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments