26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठएआईजी रवीन्द्र केसीले दिए राजीनामा « News of Nepal

एआईजी रवीन्द्र केसीले दिए राजीनामा « News of Nepal

काठमाडौ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले पुष्टी गरेको छ ।

हालैमात्र एआईजीमा बढुवा भएका केसीले हाल डिआईजी रहेका आफ्नै व्याजका डिआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गराउनकालागि राजिनामा दिएको बुझिएको छ । बर्तमान प्रहरी महानिरीक्षक बसन्तबहादुर कुंवरको व्याजका डिआईजी भट्टराई मात्रै एआईजी हुन बाकी रहेपछि एआईजी केसीले राजिनामा दिएर बाटो खोलिदिएको उच्च प्रहरी अधिकारीले बताएका छन ।

हाल कर्णाली प्रदेश कार्यालयमा कार्यरत डिआईजी भट्टराईलाई अव बस्ने मन्त्रीपरिषदको बैठकले एआईजी केसीको राजिनामा स्वीकृत गर्ने भएको छ ।
उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस १७ गते बढुवा समितिले कुवेर कडायत र उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।
आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची केसीले सेवाअवधि सकिन ४० दिन पहिले नै राजीनामा दिएका हुन्।

- Advertisement -

केसीको राजीनामा स्वीकृत भएसँगै डीआईजी जनक भट्टराई एआईजीमा बढुवा हुने भएका छन्। भट्टराई कर्णाली प्रदेशको प्रहरी प्रमुख छन्।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments