
काठमाडौं : हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। खेल हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो। कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। आजै हङकङ र कतार पनि तेस्रो स्थानका लागि खेल्दैछन्।


शनिबारको खेलमा नेपाललले टस जितेर फिल्डिङ रोजेको थियो। ९ ओभर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो। ९ ओभरसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको थियो।

तर, वर्षा नरोकिएपछि खेल रद्द भएको थियो। यद्यपि हङकङभन्दा नेपालको बढी अंक भएका कारण नेपाल प्रतियोगिताको फाइलनमा पुगेको हो।नेपाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ भने हङकङले २ खेलमध्य एक खेलमात्रै जितेर २ अंक मात्रै जोडेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





