
काभ्रपलाञ्चोक : अविरल वर्षापछि खसेको लेदोसहितको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ ।
पाँचखाल नगरपालिका–८ स्थित ५० किलो र ५१ किलो भन्ने ठाउँमा राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लेदोसहितको पहिरो खसेका कारण पन्छाउन समस्या भइरहेको प्रहरीको भनाइ छ।


सवारीहरुलाई चाखोला–ज्याम्दी–कुन्ताबेंसी–नगरकोट सडक–खण्ड भएर यात्रा गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0





