26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishअभिषेकको शतकमा पन्जाबविरुद्ध हैदराबादको ऐतिहासिक जित

अभिषेकको शतकमा पन्जाबविरुद्ध हैदराबादको ऐतिहासिक जित

राजीव गान्धी स्टेडियममा शनिबार भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले आइपिएल इतिहासकै दोस्रो ठूलो लक्ष्य पछ्याएर जित निकालेको छ।

उसले पन्जाब किंग्सले दिएको २४६ रनको विशाल लक्ष्य १८.३ ओभरमै पूरा गर्दै रोमाञ्चक जित दर्ता गर्‍यो।

हैदराबादका ओपनर अभिषेक शर्माले आइपिएल करियरकै पहिलो शतक प्रहार गर्दै १४१ रनको शानदार पारी खेले।

उनले ट्र्याविस हेडसँग मिलेर १७१ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। हेडले पनि ६७ रन बनाए।

- Advertisement -

पन्जाब किंग्सका बलर हर्षल पटेलले ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

ब्याटिङमा कप्तान श्रेयस अय्यरले ८२ रनको उत्कृष्ट योगदान दिँदै पन्जाबलाई २४५ रनसम्म पुर्‍याएका थिए। टस जितेर पहिले ब्याटिङ रोजेको पन्जाबका लागि यो स्कोर पर्याप्त बनेन।

यस जितसँगै सनराइजर्स हैदराबादले आइपिएलको इतिहासमा दोस्रो ठूलो रन चेज पूरा गर्ने कीर्तिमान बनाएको हो।

प्रकाशित: ३० चैत्र २०८१ २३:४० शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments