20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishअब, सुतेरै सुर्खेतबाट काठमाडौंसम्म बसको यात्रा...

अब, सुतेरै सुर्खेतबाट काठमाडौंसम्म बसको यात्रा…

कर्णालीमा सुतेर यात्रा गर्न मिल्नेगरी बस सेवा सञ्चालनमा आएको छ । 

सुर्खेतदेखि काठमाडौंसम्म यात्रुहरुले आइतबारदेखि सुतेर यात्रा गर्न मिल्ने नयाँ स्लिपर एसी बस सेवा सुरु भएको हो। सिद्धपाईला यातायात सेवा प्रा.ली.ले सञ्चालनमा ल्याएको उक्त बसमा यात्रुहरुले सीमित सिटमा सुतेरै काठमाडौंसम्मको यात्रा गर्न सक्नेछन् ।

सिद्धपाईला यातायात सेवा प्रा.लि.का अध्यक्ष दिपेन्द्र सिंह ठकुरीले बसको बीचमा ४ जना र साईडमा २ जना यात्रुले रात्रिकालिन सेवामा सुतेरै यात्रा गर्न मिल्ने बताए ।  

यसरी यात्रु सुत्न मिल्ने बस कर्णालीमै पहिलो पटक सञ्चालनमा ल्याईएको प्रा.लि.ले दाबी गरेको छ । सुतेर यात्रा गर्न सकिने बस आएसँगै बिरामी लगायत अन्य यात्रुलाई निकै लाभदायी हुने कम्पनीको दाबी छ । 

- Advertisement -

प्रकाशित: २४ चैत्र २०८१ १९:०६ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments