25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishअनुकूल वातावरण बनिरहेको अवस्थामा अनावश्यक विवाद नगरौँ : कमल थापा

अनुकूल वातावरण बनिरहेको अवस्थामा अनावश्यक विवाद नगरौँ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अनावश्यक विवाद नगरी एकजुट भई निर्णायक आन्दोलन गर्न आह्वान गरेका छन्। 

बिहीबार सामाजिक सञ्जालमा लेख्दै थावाले यस्तो आह्वान गरेका हुन्। उनले अनुकूल वातावरण बनिरहेको वर्तमान अवस्थामा अनावश्यक विवाद नगरी एकजुट भई निर्णायक आन्दोलन गर्न आह्वान गरेका हुन्।

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति पहिलो पटक सबै पक्षको सहभागितामा नवराज सुवेदीको संयोजकत्वमा ‘संयुक्त जनआन्दोलन’ समिति गठन भएको जनाउँदै सबै एकजुट हुनुपर्ने उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्ति पहिलो पटक सबै पक्षको सहभागितामा नवराज सुवेदीको संयोजकत्वमा ‘संयुक्त जनआन्दोलन’ समिति गठन भएको छ। अनुकूल वातावरण बनिरहेको वर्तमान अवस्थामा अनावश्यक विवाद नगरौँ।एकजुट भई निर्णायक आन्दोलन गरौँ।’

- Advertisement -

गत सोमबार पूर्वराजा ज्ञानेन्द्र शाहकै सक्रियतामा संयुक्त जनआन्दोलन समिति गठन भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीको संयोजकत्वमा गठित ११ सदस्यीय समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सदस्य छन्।

तर, समितिमा लिङ्देन र थापा दुवैले आफू त्यस समितिमा नरहने बताउँदै आएका थिए।

राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र स्थापना, सङ्घीयता खारेजी अभियानका लागि हुने आन्दोलनमा आफ्नो समर्थन रहे पनि त्यसका लागि कसैले तोकिदिएको समितिमा आफू नबस्ने लिङ्देनले बताएका छन्। भने थापाले अनावश्यक विवाद नगरी एकजुट भई निर्णायक आन्दोलन गर्न आह्वान गरेका छन्।

प्रकाशित: ७ चैत्र २०८१ ०८:४३ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments