29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रिय५ के.जी लागूऔषध अफिमसहित १ जना पक्राउ

५ के.जी लागूऔषध अफिमसहित १ जना पक्राउ


काठमाडौँ।

प्रहरीले बाराको जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंजबाट ५ के.जी लागूऔषध अफिम जस्तो पदार्थसहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर कैलाश गा.पा.६ गोगने वस्ने २५ वर्षीय भुवन सिंह थिङ रहेका छन्।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले अमलेखगंज चोक स्थितमा हेटौडाबाट वीरगंज तर्फ जादै गरेको बा ३६ प २७१४ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा सिट मुनी लुकाई छिपाई राखेको अफिम जस्तो पदार्थसहित १बिहिबार नियन्त्रणमा लिएको हो।

उनलाईमाथि आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीको भनाइ छ

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments