26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglish२७ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सन नेपाल लाइफले पायो बोर्डको अनुमति

२७ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सन नेपाल लाइफले पायो बोर्डको अनुमति

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा २७ प्रतिशतले हुन आउने १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासनका लागि चैत ३ गते अनुमति प्रदान गरेको हो । 

यस कम्पनीलाई नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । २७ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

- Advertisement -

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments