26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglish१६० घडेरी बेच्दै राष्ट्रिय आवास कम्पनी, कहाँ कहाँ छ जमिन ?

१६० घडेरी बेच्दै राष्ट्रिय आवास कम्पनी, कहाँ कहाँ छ जमिन ?

सरकारको स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले आगामी एक वर्षभित्र १०० देखि १६० वटासम्म घडेरी बेच्ने योजना बनाएको छ। अहिले उक्त कम्पनीले काभ्रेमा आठ वटा घडेरी बेच्न सूचना नै जारी गरिसकेको छ। जसमा एक घडेरी विक्री भइसकेको छ। 

काभ्रेका घडेरी प्रति आना १० लाखदेखि १४ लाखसम्मका रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सहरी क्षेत्र र ग्रामीण क्षेत्र हेरेर एउटा घडेरी ५ आना देखि १० आनासम्मका तय गरिएको छ। सबै घडेरी खरिद नियमावली अनुसार टेन्डर निकाले बिक्री हुने कम्पनीले जनाएको छ। 

कम्पनीका महाप्रबन्धक रामकृष्ण निरौलाले कम्पनीको नाममा रहेको जग्गामध्ये केही जग्गा टुक्रा बनाइ घडेरी बिक्री गर्ने र केही जग्गामा आफै घर बनाएर बिक्री गर्ने योजना रहेको जानकारी दिए। 

कम्पनीसँग हाल कञ्चनपुर, झापा, बर्दिया, काभ्रे, कैलाली, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा तीन हजार दुई सय बिघा जमिन छ। 

- Advertisement -

महाप्रबन्धक निरौलाले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको अधिकारका पक्षमा कम्पनीले काम गर्दै आएको पनि बताए। कम्पनी स्थापनाको मूल उद्देश्य नै सीमावर्ती क्षेत्रमा पुनर्वास कार्यक्रम सञ्चालन गरी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई सुरक्षित आवासको व्यवस्था गर्नु रहेको उनले बताए। 

२०२० सालमा सोही प्रयोजनका लागि पुनर्वास कम्पनीको स्थापना गरिएको थियो । कम्पनीले २०४६ सालसम्म २६ हजार नौ सय  परिवारलाई जग्गा वितरण गरी आवासको व्यवस्था गरेको महाप्रबन्धक निरौलाले जानकारी दिए। 

०४६ सालमा कम्पनीको नाम परिवर्तन भई ग्रामीण आवास कम्पनी नामकरण गरिएको थियो। परिवर्तित कम्पनीले पुनर्वास कम्पनीले थालेका काम पनि गर्दै आएको छ। 

२०६९ सालमा यस कम्पनीको नाम फेरि परिवर्तन गरियो । हाल यस कम्पनीको नाम राष्ट्रिय आवास कम्पनी लिमिटेड राखिएको छ । कम्पनीको नाममा रहेको जग्गामध्ये केही जग्गा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले वर्षौँदेखि जोत भोग गर्दै आएका छन् ।

सम्बन्धित परिवारलाई त्यस्तो जग्गाको लालपुर्जा बाँड्न कम्पनीले कानुनी सुधारको लागि काम गरिरहेको समेत निरौलाले जानकारी दिए। 

यसैबीचमा कम्पनीले आफ्नो ३६औँ वार्षिकोत्सव शुक्रवार विभिन्न धार्मिक कार्यक्रम गरी मनाएको छ । सो अवसरमा बुद्धनगरस्थित कम्पनीको कार्यालय परिसरमा पूजाआरधना चण्डी पाठ र रुद्री पाठ गरिएको थियो । 

प्रकाशित: १० फाल्गुन २०८१ १८:२२ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments