23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रिय१० लाख किशोरीले लगाए एचपीभी खोप

१० लाख किशोरीले लगाए एचपीभी खोप


काठमाडौं ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान माघ २२ गतेदेखि शुरू भएकोमा माघ २९ गतेसम्म १० लाख किशोरीले निःशुल्क रूपमा एचपीभी खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार अभियान शुरू भएको ७ दिनमा १० लाख १६ हजार ७७१ किशोरीले एचपीभी खोप लगाएका हुन् । प्रदेशअनुसार कोशी प्रदेशमा एक लाख ८१ हजार ५०, मधेस प्रदेशमा एक लाख ४८ हजार ५६, वागमती प्रदेशमा एक लाख ९६ हजार ७४ किशोरीले खोप लगाएका छन् ।

यसै गरी, गण्डकी प्रदेशमा ८६ हजार ११२, लुम्बिनी प्रदेशमा एक लाख ८९ हजार ८७७, कर्णाली प्रदेशमा ८२ हजार ७९६, सुदूरपश्चिम प्रदेशमा एक लाख ३२ हजार ८०४ किशोरीले एचपीभी खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका किशोरीलाई र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका गरि १६ लाख ८८ हजार ७८६ किशोरीलाई लक्षित गर्दै एचपीभी खोप अभियान सञ्चालन गरिरहेको छ ।

- Advertisement -

एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा प्रभावकारी हुने चिकित्सक बताउँछन् । अभियानमा दिइएको खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन चिकित्सकको सुझाव छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको र १० लाख बढीले खोप लिइसकेको भन्दै खुसी व्यक्त गर्नुभयो ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments