23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियहमासले इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार गर्‍यो

हमासले इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार गर्‍यो


काठमाडौं : हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ। समूहले बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ।

हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडियो मार्फत आफ्नो बयान जारी गरे। यसमा हाय्याले भनेका छन् ‘हामी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक एजेन्डा पूरा गर्ने कुनै पनि सम्झौता स्वीकार गर्दैनौं।’

इजरायलको नयाँ सम्झौतामा दश बन्धकहरूको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको आह्वान गरिएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको बताएको थियो। यद्यपि, इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही भनेको छैन।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments