17.1 C
Kathmandu
Friday, May 1, 2026
spot_img
Homeगृहपृष्ठ सोलार बत्ती ल्याउन स्थानीयबाट सात लाखबढी रकम उठाएर पूर्व वडाध्यक्ष बेपत्ता 

 सोलार बत्ती ल्याउन स्थानीयबाट सात लाखबढी रकम उठाएर पूर्व वडाध्यक्ष बेपत्ता 

 जाजरकोट। 

जाजरकोटको एक पूर्व वडाअध्यक्षले सोलार बत्ती ल्याइदिन्छु भनी नागरिकबाट साढे सात लाख लिएर सम्पर्कविहीन भएका छन् । नलगाड नगरपालिका १ का पूर्व वडाध्यक्ष हिरालाल पुनले गाँवस्तीका नागरिकबाट सात लाख ५२ हजार रुपियाँ  संंकलन गरी गाउँ छोडेर बेपत्ता भएका छन् ।  

 विगत दुई बर्षदेखि सास्तोमा सोलार बत्ती ल्याएर गाउँ उज्यालो बनाउने भनी जनताबाट उठाएको रकम, जिवन बिमा गरिदिन्छु भनी लिएर रुपियाँ हिनामिना   गरी  सम्पर्कविहीन भएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

गरिब, दलित, जनजातीको बाहुल्यता रहेको कल्पतगाँउका सर्व साधारणबाट सोलार वत्ती ल्याईदिने भन्दै जनताबाट ९ हजार देखि १८ हजारसम्म रकम असुल गरी  गाउँबाट बेपत्ता भएपछि जनता चिन्तित भएका छन् ।  

- Advertisement -

नलगाड नगरपालिका-१ का दिपबहादुर शाहीले गरिब,दलित, जनजातिको बाहुत्यता रहेको कल्पगाउँका करिव २५ घरपरिवारबाट १०० वाटको सोलार बत्तीका ल्याउन ९ हजारका दरले २०० वाटको सोलार बत्ती ल्याएईदिने भन्दै १८ हजारका दरले रकम असुल गरि श्रीमान श्रीमती  भारत लागेको बताए । शाहीले जिवन विमाको किस्ता नागरिकबाट उठाएर नदिएको गुनासो गरे । 

विमा र सोलार बत्ती ल्याउने भनी संङ्कलन गरेको रकम दुरुपयोग गरेपछि  भूकम्पबाट आवासविहीन भएका नागरिक बिचल्लीमा परेका छन् । गरिब, दलित, जनजाति, आर्थिक अवस्था कमजोर भएका व्यक्तिबाट सोलार ल्याउने नाममा विगत दुई बर्षअघि रकम लिएर बेपत्ता भएपछि नागरिक मर्कामा परेका छन् । नलगाड नगरपालिका-१ कल्पतका गौतम परियारले दुईबर्ष अघि सोलार ल्याउछु भनी साहुबाट कर्जा लिएर घरमा उज्यालो गरौला भन्ने मनसायले दिएको रकमले न सोलार आयो न रकम फिर्ता भयो केहि नपाउदाँ म लगायत कल्पतगाउँका करिव २५ परिवार रकम एक बर्षअघि रकम लिन जाँदा दिन्छु भनेपनी परिवार लिएर वेपत्ता भएपछि समस्यामा परेको बताए ।

 केशव परियारले पूर्व वडाध्यक्ष पुनले गाउँवस्तीमा बत्ती छैन उज्यालो गर्न सस्तोमा सोलार ल्याइदिन्छु भनी लिएको रकम न फिर्ता भयो न सोलार अयो केही  पाउन सकेपछि चिन्तित बनेका छन् । गतबर्ष कात्तिक १७ गते बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पबाट क्षति बेहोरेका चिउरी, कल्पत पालीका जनताले साहुको जमिनमा भाँडा तिरेर अस्थायी टहरामा रात विताउँदै आएका छन् । 

 गाउँवस्तीका सवैका सवैले सोलार ल्याउने रकम दिनु भयो तपाइले पनी दिनु गाउँ उज्यालो बनाउने हो भनी दुईवर्ष अघि संकलन गरेको रकमबाट सोला नल्याई  वेवास्था गरी  भागेपछि भूकम्पले क्षतिग्रस्त भएका नागरिकलाई विहान बेलुका छाक टार्न मुस्किल भएको छ । 

सोलार बत्ती ल्याउन दिएको गरिब, दलित, जनजाती, विपन्न एकल महिलाले दिएको रकम लिएर भागेपछि अध्यारोमा बस्दै आएको नागरिक सोलार बत्तीको आसाम  दुई वर्ष बिताएका छन् । हिरालाल पुन माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा वडअध्यक्षमा निर्वाचित भएका हुन्।  


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments