23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishसुत्केरीको हेलिकप्टबाट उद्धार | Nagarik News

सुत्केरीको हेलिकप्टबाट उद्धार | Nagarik News

जाजरकोटको जुनिचाँदे गाउँपालिका–६ की ३० वर्षीया राजुकमारी शाहीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

उनलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ। सुत्केरीपछि अत्यधिक रक्तश्राव भएका कारण प्राथामिक स्वास्थ्य केन्द्र जुनिचाँदे गर्खाकोटमा उपचार सम्भव नभएपछि शाहीलाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो।

उनी यही चैत २३ गते सुत्केरी भएकी थिइन। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शाहीलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए।

प्रकाशित: २५ चैत्र २०८१ १९:११ सोमबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments