26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन् : मुख्यमन्त्री कार्की

सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन् : मुख्यमन्त्री कार्की


मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक भनिएका गणतन्त्रवादी केही दलहरू सत्ताबाट बाहिरिने बित्तिकै राजतन्त्रवादीहरूसँग समेत मिलेर धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएका छन् ।

झापाको दमकमा आज आयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै कार्कीले सरकारबाट बाहिरिने बित्तिकै बाहिर सरकार जान्न भन्ने तर भित्र–भित्रै धमिलो पानीमा खेल्ने काम गरेको दाबी गरे । ‘उनीहरू अहिले सरकार ढल्छ र खाउँला भनेर पासो थापेर बसेका छन्’, उनले भने, ‘जतिसुकै शक्तिकेन्द्र धाए पनि यो सरकार अहिले ढल्दैन, २०८४ सालसम्म यही सरकार टिकिराख्छ । यो एमाले र काँग्रेसका बिचमा भएको सहमति हो ।’

जन निर्वाचित संविधानसभाको माध्यमाबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली स्थापितभएको भन्दै उनले भने, ‘शान्तिपूर्ण गतिविधिमा कुनै आपत्ति छैन् । राजा ल्याउने नाममा तोडफोड गर्ने, व्यक्ति हत्या गर्ने, अवाञ्छित गतिविधि गर्नेहरू सक्रिय भएका छन् ।’ केही शक्ति र व्यक्तिहरू आफ्नो जनधार बढाउने नाममा विकास निर्माण भएको ढिलासुस्तीलाई लिएर अहिले राजाको नारा लगाइरहेको बताए । कुतसित मनसाय बोकेको राजतन्त्र फर्काउने खालका गतिविधि रोक्नकालागि जागरणसभा गरिएको उनले बताए ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments