26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठसरकारले ल्याएका अध्यादेश संसदबाट पास हुन्छन् : शंकर पोखरेल

सरकारले ल्याएका अध्यादेश संसदबाट पास हुन्छन् : शंकर पोखरेल


दाङ ( बखस );   नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने बताएका छन् ।

एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन अध्यादेश संसद छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि ल्याइएको दाबी गरे ।´अध्यादेश संसद छल्न होइन । संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो ।` महासचिव पोखरेलले भने,-´ जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि अध्यादेश ल्याइएको हो ।`

सरकारले ल्याएका ६ वटै अध्यादेश जनताका पक्षमा भएको दाबी गर्दै पोखरेलले विरोधकालागि बिरोध भन्दा पनि यसकारण अध्यादेश जनबिरोधी छ भनेर औचित्य पुष्ट गर्न विपक्षी दललाई चुनौती दिए । ´अध्यादेश जनताका पक्षमा छन् ।`महासचिव पोखरेलले भने,-´अध्यादेश के कति कारणले जनताका पक्षमा छैनन् भनेर त्यसको पुष्टि गर्न म विपक्षी दललाई चुनौती दिन्छु ।`    गणेश  आचार्य बाट 

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments