25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रिय‘समाजसेवा गर्दा दिन बितेको पत्तै हुन्न’ « News of Nepal

‘समाजसेवा गर्दा दिन बितेको पत्तै हुन्न’ « News of Nepal


काठमाडौं।

काठमाडौं बाफल निवासी व्यवसायी, समाजसेवी तथा राजनीतिज्ञ डा. ताराबहादुर कुँवरले समाजसेवा गर्दा दिन बितेको पत्तै नहुने बताएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौवास कोड्काका कुँवरले व्यवसाय गर्दागर्दै कति बेला समाजसेवी भइयो थाहै नभएको बताए । उनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राप्त हुने रकमले समाजसेवा गरेको र हाल विभिन्न सामाजिक संघसंस्थासँग आबद्ध भएर काम गरिरहेको बताए ।

यसै हप्ता पाँचखाल नगरपालिकालाई केन्द्र बिन्दु बनाएर अपाङ्गता भएकाहरु, असक्त, फरक क्षमता भएकाहरु, वृद्धवृद्धा, गरिब, महिलालाई तामाघाट आसपासका तीन स्थान, समाजकल्याणचोक, पाँचखाल बजार, पलाञ्चोक भगवती मन्दिर वरपरका ६० घरपरिवारलाई आवश्यक सामग्री वितरण गरिएको छ । वितरित सामग्रीहरुमा १० थान ह्विल चेयर, १७ थान कुर्सी कमोड, ६ थान वाकर, ४ थान वैशाखी तथा २५० थान टि–सर्ट रहेका छन् ।

अरु बेला हरेकको घरघरमै गएर वितरण गर्ने गरिएकामा यसपटक सबैलाई एकै ठाउँमा भेला पारेर अपाङ्गता भएकाहरुलाई सम्मान गरी आवश्यक सामग्रीहरु वितरण गरिएको कुँवरले बताए । बाल संगठनद्वारा सञ्चालित बालगृहमा आश्रित सबैलाई टि–सर्ट र वाकर दुई थान वितरण गरिएको छ ।

- Advertisement -

सोल्टी नेपाल क्लबका सदस्य तथा सहयोगीहरु प्रेम रञ्जित, दीपक महर्जन, मेजरमान गोपालीको संयुक्त सहयोगमा समाजसेवी डा. कुँवरद्वारा ती सामग्री वितरण गरिएका हुन् । डा. कुँवरका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नं. २ का असक्त, अपाङ्गता भएकाहरु तथा फरक क्षमता भएकाहरु अधिकांशलाई ती सामग्री दिइसकेको र बाँकी रहेकाहरुलाई आगामी दिनमा समेटेर निःशुल्क रुपमा वितरण गरिने भएको छ ।

‘बिरामी अस्पतालमा छ पैसा छैन औषधि उपचार गर्न प¥यो, जाडो आयो न्यानो बाक्ला कपडा, बाढीपहिरो, डुबान भयो राहतको जोहो, कोरोनाका कारण मुलुक बन्दाबन्दीको अवस्थामा रहँदा फरक क्षमता भएकाहरुलाई खाद्यान्न तथा राहत वितरण, रगतको अभाव भयो रक्तदान कार्यक्रम आदिआदि यस्तैयस्तै काम गर्दागर्दै समय बितेको पत्तो नपाइने रहेछ । मेरो बाँकी जीवन जे सक्छु, जसरी सक्छु समाजसेवा गरेरै बिताउने प्रण गरेको छु ।’
डा. ताराबहादुर कुँवर

यसभन्दा अघि काभ्रेका विभिन्न भागमा गएर अशक्त, अपाङ्गता भएकाहरु, विपन्न तथा फरक क्षमता भएकाहरु, दीनदुःखी, बाढीपहिरोपीडित, विपन्नताका कारण उपचार गर्न नसकेर जिन्दगी नै माया मारेर बसेकाहरुलाई आफ्नो व्यक्तिगत खर्चले उपचार गराई नयाँ जीवन दिन सफल भएको डा. कुँवरले बताए

उनले दृष्टिविहीनहरुका लागि तीलगंगा आँखा अस्पतालमा ल्याई आँखा देखाउन सक्ने बनाउन पाएकोमा खुसी व्यक्त गरे । पाँचखालमा रास्वपा जिल्ला कोषाध्यक्ष नवराज बोलाखे, शिवबहादुर दनुवार, कृष्णमाया घिमिरे, बालकृष्ण खड्का, कृष्णबहादुर कुँवरलगायते सहजीकरण गरेका थिए ।

क्षेत्रीय सभापति तथा समाजसेवी
राष्ट्रिय स्वतन्त्र पार्टी, काभ्रेपलाञ्चोक




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments