20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठसडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न !

सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न !






प्रकाशित मिति: शुक्रबार, बैशाख १२, २०८२   
समय: ११:२३:३४





इटहरी — सडक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरकिो इटहरी १२ खनारमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। “शान्तिपूर्ण र सुरक्षित यात्राकालागी सड्क सुरक्षा सचेतना भन्ने नारासहित आयोजित कार्यक्रममा ट्राफिक प्रहरी, स्थानिय युवा, रोटरी क्लब तथा इन्ट्र«ायाक्ट क्लब अफ विश्व आदर्श विद्यालयका विद्यार्थिहरुको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको क्रममा सहभागीहरूले सडकमा जथाभावी हिँडडुल नगर्न, ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रा सुनिश्चित गर्न सबैमा आग्रह गरेका थिए । त्यसै गरी खनार चौकमा वढि भिडभाड हुने सड्क क्षेत्रमा जेव्राक्रस समेत बनाइएको छ ।
क्लव तथा ट्राफिक प्रहरीको सहकार्यमा सम्पन्न कार्यक्रममा ट्राफिक चिन्हहरू, जेब्रा क्रसिङको प्रयोग तथा हेल्मेटको प्रयोग अनिवार्य गर्ने जस्ता सन्देशहरू जनसमुदायमा प्रवाह गरियो ।
कार्यक्रममा सहभागी रोटरी क्लब तथा इन्ट्रयाक्ट क्लब अफ विश्व आदर्श विद्यालयका उपाध्यक्ष भविक कर्ण(सुसान्त)ले भने “यस्ता कार्यक्रमले युवामा सडक सुरक्षाप्रतिको चेतना बढाउँछ र दुर्घटना न्यूनीकरणमा टेवा पुग्छ।”
सडक सुरक्षाको विषयमा समाजमा सचेतना फैलाउन यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर गरिने आयोजकले बताएका छन्।

- Advertisement -





RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments